निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ कोृ मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि गरि कुल २० प्रतिशत लाभांश दिन प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित भए पश्चात लगानीर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स