बीपीडब्ल्यू लघुवित्तले पायो आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । बीपीडब्ल्यू लघुवित्तले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता सेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स