३ लघुवित्तसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ लघुवित्तसहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि बुक्लोज गरेसँगै ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, मुक्तिनाथ विकास बैंक र हिमालयन डिष्टिलरीको सेयरमूल्य समायोजन गरेको हो ।

साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ९०४.२० रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य १०७६ रूपैयाँ कायम थियो ।

त्यस्तै, मिर्मिरे लघुवित्तको १०१०.३० रूपैयाँको आधारमा २३ प्रतिशत बोनस सेयर वितरणपछि र गुराँस लघुवित्तको ८३२.२० रुपैयाँ आधारमा ४ प्रतिशत बोनस सेयर वितरणपछि नेप्सेले क्रमशः , ८२१.३८ रुपैयाँ र ८००.१९ रुपैयाँ कायम गरेको छ ।

मुक्तिनाथ विकास बैंकको ४७६ रुपैयाँका आधारमा नेप्सेले १३.५० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ४१९.३८ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरि, हिमालयन डिष्टिलरीको ४०३० रुपैयाँका आधारमा नेप्सेले ६० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य २५१८.७५ रुपैयाँ कायम गरेको छ ।

अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स