माछापुच्छ्रे बैंकद्वारा भैरवनाथ मन्दिरमा क्यूआर कोड सेवा संचालनमा

काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल हो। उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजन आउने गरेका छन्। विशेषगरी मंगलबार र शनिबार दर्शनार्थीको भीडभाड हुने गर्दछ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पाल्पाको पवित्र तीर्थस्थल भैरवनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो।

उक्त क्यूआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर ‘ए’का प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्। नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आममानिसमा बढ्दै गइरहेको छ।

डिजिटल सेवालाई सुरक्षित र भरपर्दो बनाउन ओटीपी पासपोर्टलगायत अन्य बैंकिङ विवरण कसैसँग पनि सेयर नगर्नसमेत बैंकले अपिल गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स