समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता

काठमाडौं । समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।

सोमबार दुवै संस्थाबीच एकआपसमा मर्जरमा जाने सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै संस्थाले आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका छन्। योसँगै अब
नेप्सेमा दुवै कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार बन्द रहने छ ।

समता घरेलु लघुवित्तको काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ रजिष्टार्ड कार्यालय रहेको छ भने स्वरोजगार लुघवित्तको काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ५ केन्द्रीय कार्यालय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स