एक साताभित्र साधारणसभा गर्ने अझै २९ कम्पनी, अधिकांशको बुक क्लोज आज र भोलि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत २९ कम्पनीले पुस अन्तिमसाता साधारणसभा गर्दैछन् । साधारणसभाका लागि आज पुस १९ गते र २० गते बुक क्लोज गर्दै छन् । कम्पनीहरूले दिने लाभांश सुरक्षित गर्न आाज र भोलिसम्म सेयरधनी बनिसक्नु पर्नेछ । पुस २० गते साधारणसभा प्रयोजनको लागि ११ वटा कम्पनीले शेयरधनी किताब बन्द गर्दै छन् ।

वार्षिक साधारणसभा प्रयोजनको लागि हिजो १८ गते नबिल बैंक, हिमालयन बैंक र सिद्धार्थ इन्स्योरेन्सको बुक क्लोज भएको छ भने आज १९ गते सिभिल बैंक, सीआईसी नेपाल लघुवित्त पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्सको बुक क्लोज हुँदैछ ।

हिमालयन डिस्टिलरी

हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको लागि बुधबार बुकक्लोज गर्दै छ । आजसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन्। लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ ।

बोटलर्स नेपालका दुबै कम्पनी

बुधबार बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस २० गते सेयरधनी किताब बन्द गर्दै छन्।

बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने बोटलर्स नेपाल तराइले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ ।

शिवम् सिमेन्ट

शिवम् सिमेन्टले पनि गत आर्थिक वर्षको कमाइबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

कम्पनीले लाभांश वितरणको लागि पुस २९ गत कम्पनीको सातौ वार्षिक साधारणसभा बोलाएको छ ।

गुँरास लघुवित्त

गुँरास लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसको लागि पुस २० गते बुकक्लोज गर्न लागेको हो। आज सम्म कायम सेयरधनीले उक्त लाभांश पाउन छन्।

कम्पनीले लाभांश वितरण गर्न पुस ३० गते सातौ वार्षिक साधारणसभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले १३.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आजसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन्।

लाभांश वितरणको लागि कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ ।

साधना लघुवित्त

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट १९ प्रतिशत बोनश सेयर र कर प्रयोजन समेतको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ । उक्त लाभांश आजसम्म कायम सेयरधनीले मात्रै पाउन छन्।

लाभांश वितरणका लागि कम्पनीले पुस ३० गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ।

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका कमाइबाट २३ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश वितरणका लागि पुस २० गते बुकक्लोज गर्दै छ यसले गर्दा मंगलबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन्।

लाभांश वितरणका लागि कम्पनले पुस ३० गते १२ औ वार्षिक साधारणसभा बोलाएको छ ।

यसबाहेक सिनर्जी पावर, मल्टिपर्पस फाइनान्स र इष्टर्न हाइड्रोपावरले पनि साधारणसभा प्रयोजनको लागि पुस २० गते बुकक्लोज गर्दै छन् । पुस १९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । यी तीन कम्पनीले सेयरधनीलाई प्रस्ताव गर्ने लाभांश भने प्रस्ताव गरेका छैनन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स