जुम्लामा सनराइज बैंकले दियो १२० जनलाई डिजिटल वित्तीय साक्षरता सम्बन्धी शिक्षा

काठमाडौं । सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको हालको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको हो ।

कार्यक्रममा डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो । बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरू अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरूको आर्थिक आर्जन बढाइ उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

उद्योग वाणिज्य भवन जुम्लामा आयोजित एक कार्यक्रममा बैंकका कार्ड तथा ई–बैंकिङका प्रमुख मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सिएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स