चालु पुँजी कर्जाको विषयमा मध्यमार्गी बाटो रोज्दै राष्ट्र बैंक, के के आश्वासन पाए उद्यमी व्यवसायीले ?

काठमाडौं । चालु पुँजी कर्जाको विषयलाई लिएर चौतर्फी दवाव सिर्जना भएपनि राष्ट्र बैंकले मध्यमार्गी बाटो रोज्ने भएको छ । एक साताअघि अर्थमन्त्री विष्णु पौडेलसँग भेटेका उद्यमी व्यवसायीहरूले आज सोमबार राष्ट्र बैंकका भगर्नरलार्य भटेको छन् । अर्थमन्त्रीको चाहना बमोजिम उनीहरूलाई गभर्नर कार्यालयले बोलाएर छलफल गरेको हो ।

उद्योगी व्यवसायीले गभर्नरसँगको भेटमा चर्को ब्याज घटाउनुपर्ने, चालु पुँजी कर्जा स्थगन गर्नुपर्ने र बजारमा तरलता प्रवाह गर्ने मौद्रिक औजारहरूको प्रयोग गर्नु पर्ने माग राखेका थिए । एक साताअघि पनि उनीहरूले अर्थमन्त्रीसँगको भेटमा यहि सुझाव दिएका थिए ।

सो मार्गदर्शनले उद्यमी व्यवसायीको मनोबल कमजोर भएको, मागमा संकुचन आएको, व्यवसायीहरु ऋण तिर्न नसकेर कालोसूचीमा पर्न थालेकोलगायतका गुनासो गरेका थिए ।

उद्यमी व्यवसायीहरूले चालु पुँजी कर्जा मार्गदर्शनको व्यवस्था राम्रो हुँदाहुँदै पनि अप्ठ्यारो समयमा आएका कारण निर्देश पालना गर्न गाह्रो भएको गभर्नरलाई गुनासो गरेका हुन् । यस विषयमा लचकता अपनाउन गभर्नरसँग कुराकानी भएको छ, एक उद्यमीले भने ‘नयाँलाई मार्गदर्शन लागू भएपनि पुरानालाई २ वर्ष समय सीमा दिन आवश्यक छ ।’ नत्र हामी ठूलो खाडलमा पर्छौ,’ उद्यमी व्यवसायीले गभर्नर अधिकारीलाई भने ‘चालु पुँजी चलाइसकेकाहरूलाई व्यवहार मिलाउन केही समय लाग्छ । पुरानोलाई कम्तिमा २ वर्ष व्यवस्था लागू नगर्न अनुरोध गरिएको छ ।

एमाले सरकारले नियुक्त गरेका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेका नेता अर्थमन्त्री भएका बेलामा आएको दवाव नकार्न नमिल्ले भएकोले राष्ट्र बैंकले चालु पुँजी कर्जाको विषयमा मध्यमार्गी बाटो रोज्ने देखिएको छ । यस विषयलाई लिएर गभर्नर अधिकारी दवावमा परेका छन् ।

समस्या समाधानको लागि गभर्नरले अब लिने रणनीति भनेको सरकार अझ भनौ अर्थमन्त्रीलाई सफल बनाउने नै हो । त्यसैले गर्दा एकातिर उद्यमी व्यवसायी पनि खुशी हुने र अर्कोतिर अर्थमन्त्री पनि रिझिने भएकाले पनि राष्ट्र बैंकले यो बाटो रोज्न लागेको हो ।

गभर्नर अधिकारीले बिहान ११ बजे महासंघ अध्यक्ष शेखर गोल्छाको टिमलाई भेटको थिए भने दिउँसो २ बजे नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र ३ बजे नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लसँग बसेर छलफल गरेका थिए ।

अहिले मनोबल कमजोर भएको, मागमा संकुचन आएको, व्यवसायीहरु ऋण तिर्न नसकेर कालोसूचीमा पर्न थालेको चालु पुँजी मार्गदर्शनका कारण हो,’ सहभागी एकले भने, ’त्यसैले यसलाई स्थगित गर्नु पर्ने सुझाव दिएका हौं।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स