३ फाइनान्स सहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ भोलिको कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ फाइनान्स सहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, सिभिल बैंक र सिवाइसी नेपाल लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो।

श्री इन्भेष्मेन्ट फाइनान्सको २.४० प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ३२९.१० रूपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य ३३७ रूपैयाँ कायम थियो ।

त्यस्तै, पोखरा फाइनान्सको ३८८ रुपैयाँ र आइसीएफसी फाइनान्सको ४६८ रुपैयाँका आधारमा नेप्सेले क्रमशः २.४० प्रतिशत, ४ प्रतिशत र ५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमुल्य क्रमशः ३२९ रुपैयाँ १० पैसा, ३७३ रुपैयाँ ८ पैसा, ४४५ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३८.१० रुपैयाँ कायम गरेको हो। । आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयरमूल्य २५० रुपैयाँ कायम थियो ।

सिवाईसी नेपाल लघुवित्तको आज कायम २५०८ रुपैयाँका आधारमा नेप्सेले ३० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य १९२९.२३ रुपैयाँ कायम गरेको छ ।

अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स