आजबाट कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । आजबाट कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ।

आज (पुस १७ गते) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा र एनसीसी बैंकका अध्यक्ष केशरी न्यौपानेले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।

नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई गाभ्नको लागि पुस ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। सोहि अनुसार यी दुवै बैंकले आजबाट एकिकृत कारोबार सुरु गरेको हो ।

 

मर्जर प्रयोजनका लागि यी दुई बैंकको १ः१ सेयर स्वाप रेसियो निर्धारण भइसकेको छ ।

मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल र डेपुटी सीईओमा कुमारीका सीईओ रामचन्द्र खनाल नियुक्त भएका छन् । कुमारीका अध्यक्ष राणा नै अध्यक्ष हुने यसअघिनै सहमति भइसकेको छ ।

कुमारी बैंकको टंगाल स्थित कर्पोरेट अफिसको ठाउँमा एकीकृत बैंकको कार्यालय र बागबजार स्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको स्थानमा मुख्य शाखा रहने छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २६ अर्ब २३ करोड पुगेको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स