नेप्सेका सूचीकृत दुई तिहाई कम्पनीले गरेनन् अझै लाभांश घोषणा, लगानीकर्ता मारमा, कम्पनी जरिवानामा

काठमाडौं । पुुस मसान्त आउन अब १५ दिनमात्रै बाँकी छ । चालु आर्थिक वर्ष लागेको पहिलो ६ महिना सकिन लाग्दा समेत नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीहरूमध्ये एक तिहाईले मात्रै लाभांश घोषणा गरेका हुन् ।लाभांश घोषणा गरेका कम्पनी बाहेक बाँकी कम्पनीले अहिलेसम्म साधारणसभा पनि बोलाएका छैनन् ।

नेप्सेमा सूचीकृत २४९ कम्पनीमध्ये हालसम्म करिब ८० वटा कम्पनीले मात्रै गत आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीमा पनि अधिकाशं कम्पनी वित्तीय क्षेत्रका रहेका छन् । योमध्ये ३५ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।

लाभांश घोषणा गर्ने कम्पनीहरूमा २१ वटा वाणिज्य बैंक, ६ वटा वाणिज्य बैंक, ६ वटा फाइनान्स कम्पनी, १३ वटा लघुवित्त, १० वटा निर्जीवन बीमा कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी, ६ वटा म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स, ३ इन्भेष्टमेन्ट कम्पनी, २ होटल र अन्य १ कम्पनीले गत आवको नाफाबाट लाभांश घोषणा गरेर कतिपय कम्पनीले लाभांश समेत वितरण गरिसकेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा लाभांश म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स कम्पनी यूनिलिभर नेपालले दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको संचित नाफाबाट १२१५ प्रतिशत लाभांश दिन लागको हो ।

सबैभन्दा बढी लाभांश दिने वित्तीय कम्पनीहरूमा नबिल बैंक (३० प्रतिशत) अग्रस्थानमा रहेको छ भने निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स (१६.८४ प्रतिशत) लाभांश दिने भएको छ ।

जलविद्युत कम्पनीतर्फ रिडी पावर कम्पनी (४२.१ प्रतिशत), लघुवित्ततर्फ सिवाईसी नेपाल लघुवित्त/आँधीखोला लघघुवित्त(३०.५८/३०.५८प्रतिशत) लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

फाइनान्स कम्पनीतर्फ आईसीएफसीले १० प्रतिशत र विकास बैंकतर्फ गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश दिने भएको छ । इन्भेष्टमेन्ट कम्पनीतर्फ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५.२६३ प्रतिशत लाभांश दिने भएको छ । सोल्टी होटलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

वाणिज्य बैंक
२१ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । हालसम्म नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, हिमालयन, सिद्धार्थ बैंक, एनएमबि बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू, मेगा बैंक र सेञ्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्राइम बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांदिने भएका छन् ।

गत वर्षको नाफाबाट एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक, सिभिल बैंक र नेपाल एसबिआई बैंकले पनि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी नै छ ।

गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिनेमा नबिल बैंक रहेको छ । यस बैंकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत, तेस्रोमा एभरेष्ट बैंकले २०.६८ प्रतिशत, चौंथोमा हिमालयन बैंकले १९.११ प्रतिशत र पाँचौंमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक र लक्ष्मी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

विकास बैंक
नेप्सेमा १६ वटा विकास बैंक सूचीकृत भएपनि ६ वटाले मात्रै सेयरधनीलाई लाभांश दिने भएका छन् । जसमा सबैभन्दा धेरै गरिमा विकास बैंकले १४.५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत, लुम्बिनी विकास बैंकले १२ प्रतिशत र महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अन्य विकास बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

१० वटा निर्जीवन बीमा कम्पनी
नेप्सेमा १७ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये ४ वटा कम्पनीको कारोबार रोक्का रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १० वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् ।

गत वर्षको नाफाबाट सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । दोस्रोमा नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत, तेस्रोमा प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, चौंथोमा सगरमाथा इन्स्योरेन्सले १३.१५ प्रतिशत र पाँचौंमा एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

अजोड इन्स्योरेन्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ ।

फाइनान्स कम्पनी
नेप्सेमा २० वटा फाइनान्स कम्पनी सूचीकृत छन् । तर, हाल १५ वटा कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ भने ५ कम्पनीको कारोबार रोक्का रहेको छ । कारोबार भइरहेका १५ वटा फाइनान्स कम्पनीहरुमध्ये ५ वटा कम्पनीले मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

जसमा सबैभन्दा धेरै आईसीएफसी फाइनान्सले १० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले ७.६ प्रतिशत, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले ६.८४ प्रतिशत, सेन्ट्रल फाइनान्सले ५ प्रतिशत र पोखरा फाइनान्सले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मञ्जुश्री फाइनान्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

लघुवित्त वित्तीय संस्था

हालसम्म १३ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेप्से सूचीकृत ६० वटा लघुवित्त छन् । जसमा २ वटा लघुवित्तको कारोबार भने रोक्का रहेको छ । सेयर कारोबार भयरहेका कम्पनीहरूमध्ये १३ कम्पनीले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

हालसम्म साना किसान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, आएसडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, गुराँस लघुवित्त, आरएमडिसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स

नेप्सेको यस समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमा ६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ । अन्य कम्पनीको कारोबार रोक्का छ । कारोबार भइरहेका कम्पनी सबै कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।

शिवम् सिमेन्टले १०.५३ प्रतिशत, हिमालयन डिस्टीलरीले ७० प्रतिशत, युनिलिभर नेपालले १२१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत, बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत र नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।
समय सीमाभित्र साधारणसभा नगर्ने कम्पनीलाई कस्तो हुन्छ कारवाही

चालु आर्थिक वर्ष ६ महिनासम्म पनि गत आर्थिक वर्षको साधारणसभा नगर्ने कम्पनीलाई कम्पनीको पुँजीअनुसार जरिवाना कम्पनी ऐनले तोकेको छ । यदि कम्पनीहरू साधारणसभा गर्ने म्याद गुजारेमा ५ हजारदेखि वार्षिक २० हजार रुपैयाँका दरले जरिवान हुने व्यवस्था कम्पनी ऐनले गरेको छ ।

हाइड्रोपावर कम्पनी

नेप्सेमा ६२ वटा जलविद्युत कम्पनी सूचीकृत रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १५ वटा हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश रिडी पावर कम्पनीले ४२.१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, दोस्रोमा कालिका पावरले १५.७८ प्रतिशत, तेस्रोमा चिलिमे हाइड्रोपावरले १५ प्रतिशत, चौंथोमा बुटवल पावर कम्पनी र पाँचौंमा माउन्टेन इनर्जीले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमा सबैभन्दा कम राधी विद्युत र मन्दाकिनी हाइड्रोले ५/५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अपर हेवीखोला हाइड्रोपावर, सामलिङ पावर कम्पनी, यूनीयन हाइड्रोपावर, सयपत्रि हाइड्रोपावर, हिमालयन पावर कम्पनी, मैलुङ खोला जलविद्युत, हिमालय उर्जा विकास, स्वेतगंगा हाइड्रोपावर, सीनर्जी हाइड्रो, इस्टर्न हाइड्रोपावर, माउन्टेन हाइड्रो कम्पनीले भने गत वर्षको लाभांश वितरण नगर्ने भएका हुन् । यी कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएका छन् ।

 इन्भेष्टमेन्ट कम्पनी

नेप्सेमा ६ वटा इन्भेष्टमेन्ट कम्पनी सूचीकृत छन् । जसमध्ये ३ वटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५.२६३ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ५.२५ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

यस समूहमा सूचीकृत इमर्जीङ नेपालले पनि गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ ।

होटल कम्पनी

५ वटा कम्पनी नेप्सेमा सूचीकृत भएपनि हालसम्म एउटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश दिने भएको छ । सोल्टी होटलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । चन्द्रागिरी हिल्सले पनि लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ ।

अन्य समूहका कम्पनी

नेप्सेमा अन्य समूहमा २ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

समय सीमाभित्र साधारणसभा नगर्ने कम्पनीलाई कस्तो हुन्छ कारवाही
चालु आर्थिक वर्ष ६ महिनासम्म पनि गत आर्थिक वर्षको साधारणसभा नगर्ने कम्पनीलाई कम्पनीको पुँजीअनुसार जरिवाना कम्पनी ऐनले तोकेको छ ।

यदि कम्पनीहरू साधारणसभा गर्ने म्याद गुजारेमा ५ हजारदेखि वार्षिक २० हजार रुपैयाँका दरले जरिवान हुने व्यवस्था कम्पनी ऐनले गरेको छ

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स