कुमारी र एनसीसी बैंकको विभिन्न शाखा गाभिएर ६० शाखा बन्दै, कहाँ कहाँका शाखा गाभिदैछन् (सूचीसहित)

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को एकीकृत कारोबार यहि पुस १७ गतेबाट सुरु हुँदैछ । एकीकृत कारोबार सुरु गर्न यी दुई बैंकको डाटा माईग्रेसन प्रयोजनको लागि पुस १५ गते आज र भोलि शतिबार पुस १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकको सेवा बन्द हुने भएको छ ।

१७ गतेबाट एकीकृत कारोबार गर्दा यी दुई बैंकको बिहीबार जारी गरेको सूचनामा बैंकका विभिन्न शाखा एक अर्कामा ६० शाखा कार्यालय गाभिने भएका हुन् । जसमा कुमारी बैंक ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी ६० वटा शाखा कार्यालय गाभिने भएका हुन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुनेभएपछि शाखा कार्यालयको पनि टुंगो बैंकले लगाएको हो । दुई बैंकका एउटै स्थानमा रहेका शाखाहरू एक अर्कामा गाभेर एउटै शाखा बनाउन लागेको सूचनामा उल्लेख गरिएको छ । दुबैै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्न लागिएको हो । १७ गतेबाट यी दुई बैंकहरू गाभिएर कुमारी बैंक लिमिडेट बन्नेछ ।

मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । मर्जर प्रयोजनका लागि यी दुई बैंकको १ः१ सेयर स्वाप रेसियो निर्धारण भइसकेको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन् । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

यी हुन् कुमारी बैंक मार्फत सञ्चालन हुने शाखाहरू

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स