३ लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि बुकक्लोज गरेसँगै ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, कालिका पावर, युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

जसअनुसार, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५२५.८३ रुपैयाँ कायम गरेको हो। आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य ५६७.९० रुपैयाँ कायम थियो ।

फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९०४ रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २३८० रुपैयाँ कायम थियो ।

फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६४१.९ रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६२.९० रुपैयाँ कायम थियो ।

कालिका पावरको १५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३५.१३ रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८५.४० रुपैयाँ कायम थियो ।

त्यस्तै, युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३८२.८६ रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४०२ रुपैयाँ कायम थियो ।

अब आइतबार समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स