प्रभु बैंकको २१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद गरि कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता सेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित/अनुमोदन गरेको छ । साधारण सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

साधारण सभाले ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स