एभरेष्ट बैंकद्वारा सीएसआर अन्तर्गत खानीखोला धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा बैंकले एक कार्यक्रमकाबीच धुनिबेशी नगरपालिका वडा नं. ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि २ लाख २६ हजार आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशव राज जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे ।

यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा विद्यलायका उप–प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यातिmहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स