राष्ट्र बैंकले गर्यो ९ कार्यकारी निर्देशकको सरुवा, कसलाई कुन विभाग ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा भएको छ । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले पुस १७ गते आइतबारदेखि लागू हुने गरी ९ जना कार्यकारी निर्देशहरूको सरुवा गरेको हो ।

मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती प्रसाद नेपाल लघुवित्त सुपरिवेक्षण विभागमा र हाल सोही विभाग प्रमुख रहेका सुमन कुमार अधिकारीलाई संस्थागत योजना विभागमा सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख पिताम्बर भण्डारीलाई मौद्रिक व्यवस्थापन विभागमा, सूचना प्रविधि विभाग प्रमुख रहेका प्रदिप पौड्याल गैह्र बैंकिङ सुपरिवेक्षण विभागमा सरुवा भएका छन् ।

बैंकिङ विभाग प्रमुख राम बहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षणमा, गैह्र बैंकिङ विभागका प्रमुख विमलराज खनाललाई आन्तरिक लेखा परिक्षण विभागमा र संस्थागत योजना विभाग प्रमुख दयाराम शर्मालाई बैंकिङ विभाग सरुवा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स