३ बैंक सहित ४ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्ला भोलिको कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ बैंक सहित ४ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि ४ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र एचआइडीसीएलको सेयरमूल्य समायोजन गरेको हो ।

प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २२०.९० रुपैयाँ कायम गरेको हो। । आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयरमूल्य २२८.९० रुपैयाँ कायम थियो ।

नेपाल बैंकको २ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता २८०.८८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयर प्रतिकित्ता २८६.५० रुपैयाँ कायम थियो ।

मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६४.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँ कायम भएको थियो ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १७७.१४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि बैंकको सेयर प्रतिकित्ता १८६ रुपैयाँ कायम थियो ।

अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स