पुस ९ दिनमा २० अर्बले बढ्यो निक्षेप, कर्जा विस्तारमा देखिएन सुधार

काठमाडौं । पुस महिनामा वाणिज्य बैंकहरूमा निक्षेप बढेको छ । वाणिज्य बैंकहरूले पुस १ देखि ९ गतेसम्म २० अर्ब रुपैयाँले कर्जा बढाएका छन् भने यो अवधिमा १ अर्ब रुपैयाँले मात्रै कर्जा बढेको छ ।

मंसिर अन्तिमसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस ९ गतेसम्म निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढेको अनुपातका कर्जा भने बढ्न सकेको छैन । वाणिज्य बैंकहरूले मंसिर अन्तिममा ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा अहिले सो कर्जा बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँमात्रै पुगेको छ ।

वाणिज्य बैंकहरूले मासिक रुपमा गरेको कर्जा प्रवाहलाई हेर्दा साउन महिनामा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भदौमा १३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको थियो ।

असोज महिनामा सो कर्जा ३० अर्बले बढेर ४२ खर्ब २० अर्ब पुगेपनि कार्तिम महिनाभरिमा जम्मा २ अर्बले मात्रै कर्जा विस्तार भएको छ भने मंसिर महिनामा पनि २ अर्बले विस्तार भएको कर्जा पुस ९ गतेसम्म आउँदा १ अर्बले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ ।

त्यसैगरी साउनमा १ खर्ब ८ अर्ब रुपैयाँले घटेको निक्षेप संकलन साउनमा ५२ अर्ब रुपैयाँले बढेको छ भने असोजमा ६२ अर्ब रुपैयाँले निक्षेप संकलन भएको छ । कार्तिक महिनामा १६ अर्ब रुपैयाँले बढेको निक्षेप मंसिरमा आएर ५७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । पुस ९ गतेसम्म २० अर्ब रुपैयाँले निक्षेप बढि सकेको छ ।

निक्षेप बढ्दै गएपनि उद्यमी व्यवसायीहरू चर्को ब्याजमा कर्जा लिन नसक्ने अवस्थामा पुगको भन्दै ब्याजदर स्थायित्व हुनु पर्ने माग राखिरहेका छन् । हिजोमात्रै नवनियुक्त अर्थमन्त्रीलाई भेटेर उद्यमी व्यवसायीहरूले निजी क्षेत्रलाई चलायमान बनाउन तथा पुँजी निर्माण गर्न ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने माग राखेका छन् ।

लगानी योग्य पुँजी अभावका कारण महँगो ब्याजदरमा कर्जा लिन नसक्ने अवस्था आएको र यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएकोले यो अवस्था आउन नदिन आवश्यक कदम चाल्नु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल समक्ष राखेका थिए ।

चालु पुँजी कर्जाले गरेको व्यवस्थाले अझ निजी क्षेत्र मर्महत भएको गुनासो गर्दै उनले यो व्यवस्था २ वर्ष स्थगत गर्न समेत उनले सुझाएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि अस्ति नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भेटमा चालु पुँजी कर्जाले गरेको व्यवस्था राम्रो हुँदा हुँदै पनि अहिले सो निर्देशिकाले गरेको व्यवस्था कार्यान्वयनमा लैजाने उचित समय नभएको गुनासो गरेका थिए ।

उनले पनि तरलता सहज भएपछि जब अर्थतन्त्र राम्रोसँग चलायमान हुन थाल्छ त्यसपछि विभिन्न लागू गर्नुपर्ने बताएका थिए । चालु पुँजी कर्जा ‘स्टेप वाई स्टेप’ लागू गर्दा राम्रो हुन्छ,’ उनले भने ‘अहिले यो व्यवस्था लागू गर्ने उचित समय होइन ।’

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स