सेञ्चुरी कमर्सियल बैंकको मोबाइल बैकिङ एपबाट रेमिट्यान्स सेवा लिनसकिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिट्यान्स पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधामध्ये एक रोज्न सकिनेछ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ ।

साथै यस सुविधा अन्तर्गत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालय र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्टमार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स