पुस १७ गतेबाट कुमारी बैंक र एनसीसी बैंककोे एकिकृत कारोबार सुरु, दुई दिन बैंकिङ सेवाहरु बन्द रहने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को एकिकृत कारोबार पुस १७ गतेबाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई गाभ्नको लागि पुस ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। सोहि अनुसार यी दुवै बैंकले पुस १७ गते आइतबारदेखि एकिकृत कारोबार सुरु गर्न लागेको हो ।

एकीकृत कारोबार सुरु गर्न लागेको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि पुस १५ र पुस १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ सेवाहरु बन्द रहने बैंकले जनाएको छ।

मर्जर प्रयोजनका लागि यी दुई बैंकको १ः१ सेयर स्वाप रेसियो निर्धारण भइसकेको छ ।

मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन् । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स