गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश संशोधन, घट्यो दुवै बोनस र नगद

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीकोे आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांश संशोधन भएको हो ।

कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिए अनुसार निर्देशन बमोजिम नियमनकारी कोषमा समायोजन पश्चात पुस ११ गते सोमबार बसेको संचालक समितिको बैठकले नयाँ लाभांश दर प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त बैठकले सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले संशोधन गरेको लाभांश सुरुमा प्रस्ताव गरेको भन्दा ०.५३ प्रतिशत कम हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स