सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । १७औं वाणिज्य बैंकको रुपमा २०५९ साल आजकै दिनमा स्थापित सिद्धार्थ बैंकले आज आफ्नो स्थापनाको २०औं वर्ष पुरा गरेको छ । बैंक संचालनको २० वर्ष पुरा भएको अवसरमा बैंकले काठमाण्डौ स्थित होटल सोल्टीमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले बैंकको सबल पक्षहरुको उल्लेख गर्दै आगामी दिनहरुका लागि दीगो प्रगतिको शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंक संचालक समिति अध्इक्ष मनोज कुमार केडियाले बैंकको संक्षिप्त यात्राको वर्णन गर्र्दै धन्यवाद मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल, बैंक संञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संस्थापक अध्यक्ष चिरंजीलाल अग्रवाल, संचालक समितिका सदस्यूहरु, पूर्व संचालकहरु, संस्थापक तथा सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापन समूह लगायत कार्यरत कर्मचारी, बैंकको भगिनी संस्था सिद्धार्थ क्यापिटल, रिलायन्स लाईफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स एवं अवसर इक्यूटी लगायत अन्य विभिन्न संघ संस्थाको उच्चपदस्थ पदाधिकारी, प्रतिष्ठित व्यक्तित्वहरु र ग्राहकवर्गहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बैंकले आफ्नो संचालनको २०औं वर्ष पुरा गरेको अवसरमा डिजिटल बैंकिङ प्रणालीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका छुट योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा २०५ सम्मको छुट प्राप्त गर्न सकिने छ । छुट सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट https://www.siddharthabank.com/anniversary-offer मा प्राप्त गर्न सकिनेछ ।

साथै ग्राहक महानुभावहरूको बैंकिङ सेवा र सुविधाहरू अझ फराकिलो बनाउन, समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्न र डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स