नबिल बैंकको दशैं अफर घोषणा

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको अवसरमा नबिल बैंकले दशैं अफरको घोषणा गरेको छ । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको हो ।

जसमा आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६% ब्याजदर (०.५% प्रिमियम थप सहित) प्रदान गरिनेछ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको मुख्य उद्देश्य रहेको छ ।

बैंकले १३५ वटा शाखा कार्यलय, १८५ वटा एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीका साथै ३७ वर्षको बैंकिङ्ग अनुभव रहेको यस बैंकले ग्राहकहरुलाई मुल्य अभिवृद्घिको लक्ष्य राखी सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स