मनीचेन्जरको इजाजपत्रमा थप कडाइ, यस्तो छ राष्ट्र बैंकले गरेको व्यवस्था

काठमाडौं । अब अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिले सजाय काटेको ५ वर्षपछिमात्रै मनीचेन्जरको इजाजपत्र पाउने भएको छ । नेपाल राष्ट्र बैंकले मनीचेन्जरको इजाजपत्र वितरणमा थप कडाइ गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गरी मनीचेन्जर इजाजतपत्र लिन प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेको प्रमाणपत्र पेस गर्नुपर्नेछ । यो व्यवस्था उक्त विनियमावलीको विनियम ४ को उपविनियम (३) मा बुँदा (ट) थप गरिएको हो ।

राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ को विनियम ४ को उपविनियम (३)मा बुँदा (ङ) थप गरिएको छ । थप गरिएको सो बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका भए सजाय भुक्तानी गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेस गर्नुपर्नेछ ।

विनियमावलीको विनियम १९ को उपविनियम (१क) मा विनियम ४ को उपविनियम (३) बमोजिमको योग्यता नवीकरणको समयमा समेत पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स