यो वर्ष पनि सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने, ३ वर्षदेखि सेयरधनीको हात खाली

काठमाडौं । सिन्धु विकास बैंकले लाभांश यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले अन्तिम पटक आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण गरेको थियो । त्यसयता ३ वर्षदेखि बैंकले कुनै पनि लाभांश वितरण गरेको छैन ।

बिहीबारको बैठकले आ.व. २०७८/०७९ को असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स