साधना लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । साधना लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले २०७९ आसार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुने रकम ६ करोड १० लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ भने चुक्ता पुँजीको १ प्रतिशतले हुन आउने रकम ३२ लाख १२ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ ।

बैंकले चुक्ता पुँजीको २० प्रतिशतले हुने रकम ६ करोड ४२ लाख ४५ हजार बोनश सेयर र कर प्रयोजनार्थ समेत गरी २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स