काठमाडौं । नेपाल राष्ट्र बैंकले आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। बिहीबार राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुई लघुवित्तबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो। असार ७ गते दुवै कम्पनीको सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।
आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांगजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ९० लाख रहेको छ ।
त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १६ लाख रहेको छ ।