काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको होृ।
कम्पनीले हाल कायम चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३८८.५२ रुपैयाँको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार २३९.३६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाले आर्थिक वर्ष २०७७/७८मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन २०५८बमोजिम सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको जनाएको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुमा वितरण हुने छ।