कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जानका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

दुवै बैंक मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकले दुवै बैंकलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै बैंक सञ्चालक समितिले पुस १७ गते (जनवरी १) देखि एकीकृत कारोबार गर्ने गरी कार्य योजना बनाएर अघि बढेका छन् । मर्जर प्रयोजनका लागि यी दुई बैंकको १ः१ सेयर स्वाप रेसियो निर्धारण भइसकेको छ ।

मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन् । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स