काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले सभा पौस २८ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे गर्न लागेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३.१६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश छन्।
सभामा संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने छ ।
कम्पनीको नियामावलीमा संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।