३० प्रतिशत लाभांश पारित गर्न नबिलले डाक्यो पुस २९ गते साधारणसभा

काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धिको प्रस्ताव र लाभांशको प्रस्ताव पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुन छ ।

कम्पनीले पुस २९ गते गैरीधाराको सिल्भर ओक ब्यानक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गते सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावः

सामान्य प्रस्ताव
१. सञ्चालक समितिको प्रतिवेदन २०७८/०७९ पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७५/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने,

३. यस बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ लि., नेपाल बंगलादेश बैंक क्यापिटल लिमिटेड, एनबिबिएल सेक्युरिटिज लिमिटेडको आ.व. २०७८/०७९ को वित्तीय विवरण सहितको एकीकृत (ऋयलकयष्मिबतभम) वित्तीय विवरण स्वीकृत गर्ने,

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ आसार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ११.५० प्रतिशत दरले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२.६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्ने,

५. आव २०७९/०८० (२०२२/0२३) को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

६. संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ (तीन) को निर्वाचन गर्ने ।

विशेष प्रस्ताव
१. बैंकको अधिकृत पुँजी वृद्धि गरी २८ अर्ब पुर्याउने,

२. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ०९६.९२ बराबरको बोनस सेयर अर्थात् चुक्ता पुँजीको १८.५० प्रतिशत (प्रत्येक १०० सेयर बराबर १८.५० बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्ता पुँजी बृद्धि गरी २७ अर्ब ०५ करोड ६९ लाख ९६ हजार ७२९.२६ पुरÞ्याउने,

३. बैंकको प्रबन्धपत्रको दफा ५(१) ५(२) र ५(३) तथा नियमावलीको नियम ३१(२), ३१(३) र ३१ (४) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने,

४. आ.व. २०७८/०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्ने,

५.नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) एक आपसमा गाभ्न ÷ गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्न, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स