यी हुन् सर्वसाधारणले बढी विश्वास गरेका १२ बैंक, जसले पाए २ खर्ब हाराहारीको डिपोजिट

वाणिज्य बैंकहरूमा साढे ६० प्रतिशत सर्वसाधारणको निक्षेप, कुन बैंकमा कति ?

काठमाडौं । वाणिज्य बैंकहरूमा सर्वसाधारणको निक्षेप ६०.६५ प्रतिशत रहेको छ । चालु आवको असोजमसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४४ खर्ब ८८ अर्ब १८ करोड ७० लाख रुपैयाँ निक्षेपमा २७ खर्ब २१ अर्ब ८९ करोड सर्वसाधारणको निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

देशमा सञ्चालित २६ वाणिज्य बैंकमध्ये ११ वटा बैंकलाई आम सर्वसाधारणले बढी विश्वास गरेका छन् । सरकारी स्वामित्वको बैंकलाई भन्दा सर्वसाधारणले नबिल, एनआईसी एशिया, ग्लोबल आईएमई बैंकलाई बढी विश्वास गरेको देखिएको छ । यी बैंकमा सर्वसाधारणको निक्षेप करिब २ अर्बको हाराहारीमा छ ।

यी बैंकले सरकारी स्वामित्वको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकभन्दा बढी निक्षेप संकलन गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बिल बैंकले सर्वसाधारण निक्षेपकर्ताबाट १ खर्ब ८४ अर्ब ८२ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एनआईसी एशिया बैंकले १ खर्ब ८२ अर्ब ६७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सर्वसाधारणबाट बढी निक्षेप संकलन गर्ने तेस्रो बैंकको सूचीमा सूचीकृत ग्लोबल आईएमई बैंकले १ खर्ब ८१ अर्ब ३ करोड रुपैयाँ सर्वसाधारणबाट निक्षेप संकलन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो अवधिसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ७७ अर्ब ७९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थ बैंकले १ खर्ब ७७ अर्ब १३ करोड २० लाख रुपैयाँ सर्वसाधारणबाट निक्षेप संकलन गरेको देखिएको छ ।

नेपाल बैंकले १ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन कृषि विकास बैंक भने १ खर्ब ८ खर्ब ६० करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । भन्दा पनि सर्वसाधारणको निक्षेप संकलन गरेका छन् ।

कृषि विकास बैंकभन्दा सर्वसाधारणले बढी विश्वास एनएमबि बैंक, विदेशी लगानीको एभरेष्ट बैंक सर्वसाधारणको विश्वासिलो बैंक बनेको छ भने नेपाल इभेष्टमेन्ट बैंकलाई पनि सर्वसाधारणले विश्वास गरेर धेरै पैसा डिपोजिट गरेको देखिएको छ ।

समीक्षा अवधिसम्म एनएमबि बैंकमा १ खर्ब १५ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको छ भने प्रभु बैंकमा १ खर्ब ९ अर्ब १९ करोड २० लाख रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको छ । सानिमा बैंकलाई पनि सर्वसाधारण विश्वास गरेको १ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ निक्षेप राखेका छन् । सर्वसाधारणको निक्षेप बढी हुुनु भनेको एक प्रकारको विश्वास भएको बताइएको छ ।

अन्य बाँकी बैंकमा भने सर्वसाधारणको निक्षेप खर्बभन्दा कम रहेको छ । सेन्चुरी कमर्शियल बैंक, सिभिल बैंक, मेगा बैंक, सनराइज बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशल, लक्ष्मी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, बैंक अफ काठमाडौं, हिमालयन बैंक, नेपाल एसबीआई बैक, स्टाण्डर्ड चार्टर्ड बैंकमा भने सर्व साधारण्को निक्षेप अर्बको हाराहारीमा रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स