महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ।

संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ जारी गर्न लागेको हो। संस्थाले प्रिमियम मूल्यसहित एफपीओ जारी गर्नेछ।

कम्पनीले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

महुली लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स