बैंकहरूले कर्जा प्रवाह गर्न सकेनन्, स्टाण्डर्ड चार्टर्ड र नेपाल एसबिआई अगाडि स्वदेशी बैंकको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरूले ५ महिनामा जम्मा ४८ अर्ब ८० रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २६ वाणिज्य बैंकले असारमसान्तमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा मंसिर अन्तिमसम्म बैंकहरूको कर्जा लगानी बढेर ४२ खर्ब २३ अर्ब ६४ करोड पुगेको छ । अझ पछिल्लो महिना मंसिरलाईमात्रै हेर्ने हो भने वाणिज्य बैंकहरूले अत्यन्त न्यून व्यवसाय गरेका छन् । मंसिर २ गतेदेखि २९ गतेसम्म वाणिज्य बैंकहरूले २ अर्ब ६ करोड रुपैयामात्रै कर्जा लगानी गरेका छन् ।

मंसिर महिनामा ११ वटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ भने १५ वटा बैंकले थोरै रकम भएपनि कर्जा प्रवाह गरेका छन् अर्थात अघिल्लो कार्तिक महिनाको कर्जालाई घटाएका छैनन् ।

मंसिर महिनामा सबैभन्दा बढी कर्जा एनआईसी एशिया बैंकको घटेको छ भने सानिमा बैंकको कर्जा पनि धेरैले घटेको छ । एनआईसी एशिया बैंकले प्राथमिक पुँजी अनुपात समेत कायम गर्न नसक्दा लाभांश बाड्न नसक्ने अवस्थमा पुगेपछि उसले कर्जा घटाएको हो ।

मंसिर महिनामा सबैभन्दा बढी कर्जा प्रवाह स्टाण्डर्ड चार्टर्ड बैंकले गरेको छ भने बढी कर्जा प्रवाह गर्ने बैंकको दोस्रो सूचीमा नेपाल एसबिआई बैंक परेको छ ।

बैंकले मंसिर महिनमामात्रै २ अर्ब ९९ करोड रुपैयाँ कर्जा घटाएको छ । सानिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ कर्जा घटाएको छ । मंसिर महिनामा सेन्चुरी बैंकले १ अर्ब ३७ करोड रुपैयाँ र मेगा बैंकले १ अर्ब २८ करोड रुपैयाँ कर्जा घटाएका छन् ।

मंसिर महिनामा नेपाल इन्भेष्टमेन्ट बैंक ८८ करोड रुपैयाँ कर्जा घटको छ । ग्लोबल बैंकले ७३ अर्ब रुपैयाँ कर्जा घटाएको छ । सनराइज बैंकको कर्जा ४८ अर्ब रुपैयाँले घटेको छ भने माछापुच्छे« बैंकको कर्जा ३५ अर्ब रुपैयाँले घटेको छ ।

मंसिर महिनामा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैकर स्टाण्डर्ड चार्टर्ड बैंकको कर्जा बढेको छ ।

चालु आर्थिक वर्ष लाग्नु भन्दा अघि देखिनै वित्रीय बजारमा तरलता अभाव थियो । गत आवको अन्त्यमा केहि सुधार हुने अनुमान गरिएपनि उल्लेख्य सुधार हुन सकेन र बैंकहरू कर्जा प्रवाह गर्न सकेनन् । लगानी योग्य पुँजीको अभाव हुँदा बैंकहरूले बजारमा माग अनुसार त परै जाओस् बैंक र्ख धान्न पनि धौधौ पर्ने गरी कर्जा प्रवाह गर्न सकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स