पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स