नेप्सेमा आधिँखोला लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिँखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेको पुस ४ गतेको निर्णय अनुसार लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो ।

योसँगै अब भोलि (मंगलबार) बाट कम्पनीको सेयर कारोबारमा आउने छ ।

लघुवित्तले मंसिर २९ गते सेयर कारोबार खुलाउनका लागि नेप्सेमा आवेदन दिएको थियो ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको सेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आधिँखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स