कार्तिक महिनामामात्रै बैंकहरूले कमाए ७ अर्ब नाफा (सूचीसहित)

काठमाडौं । कार्तिक महिनामात्रै बैंक तथा वित्तीय संस्थाहरूले ६ अर्ब ८६ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैंमासमा बैंक तथा वित्तीय संस्थाहरूले कुल १९ अर्ब ६८ करोड ८० लाख रुपैैयाँ नाफा गरेका थिए । सो नाफा कार्तिक महिनामा आउँदा बढेर २६ अर्ब ५५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले गत आवको सोहि अवधिमा अर्थात कार्तिक महिनसम्म २५ अर्ब ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ७९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए ।

यो अवधिमा बैंंक तथा वित्तीय संस्थाले गरेको नाफामध्ये २६ वटा वाणिज्य बैंकहरूले मात्रै २६ अर्ब ५३ करोड ८० करोड रुपैयाँ नाफा गरेका छन् । गत असोज महिनासम्म वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ २० लाख रुपैयाँ खुद नाफा गरेका .थिए । गत आवको समीक्षा अवधिमा वाणिज्य बैंकहरूलेमात्रै २३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा विकास बैंकहरूले १ अर्ब ७७ करोड ९० लाख रुपैयाँ खुृद नाफा आर्जन गरेका छन् । असोज महिनासम्म ‘ख’ वर्गका विकास बैंकहरूको नाफा १ अर्ब २५ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी कार्तिक महिनासम्म फाइनान्स कम्पनीहरूले २४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् भने असोजसम्म फाइनान्स कम्पनीहरूको यस्तो नाफा १२ करोड ३० लाख रुपैयाँ नाफा आर्जज गरेका थिए ।

वित्तीय बजारमा लगानीयोग्य पुँजी नहुँदा बैकहरूले गएको आर्थिक वर्षको भन्दा बढी विजनेश गर्न सकेको भए यो भन्दा बढी नाफा आर्जन गर्न सक्ने अवस्थामा बैंकहरू पूगने थिए ।

तर, बैंकहरूले लगानी योग्य पुँजी नपुग हुँदा सोचेको जति प्रगति भने गर्न सकेको देखिदैन ।
बैंक तथा वित्तीय संस्थाहरूले ४५ खर्ब ५६ अर्ब रुपैयाँ लगानी गरेर जम्मा साढे ३६ अर्ब रुपैयाँ नाफा गरेका हुन् ।

कुन बैंकले कति कमाए नाफा(सूचीसहित)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स