‘आगन्तुक’ रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकलाई फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट

काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक’ रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकले छुट पाउने भएका छन् । बुधबार बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स