सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्तबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।

दुई लघुवित्तबीच पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।

मर्जर सम्झौता भएसँगै सामुदायिक लघुवित्तले नियमानुसार सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गरेको छ। नेप्सेको निर्णयबाट सामुदायिक लघुवित्तका आधारभूत सेयरधनीको कारोबार रोक्का हुने छ ।

सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत संगठित संस्था हो। बीपीडब्ल्यू लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन।

दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स