मुक्तिनाथ विकास बैंकको लाभांश १४.२१ प्रतिशत, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले गत आर्थिक २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँको कुल १४.२१०५ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१०५ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स