माछापुच्छ्रे बैंकका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णाय

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयरधनीहरुको हात खाली हुने भएको छ । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको हो ।

उक्त वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरि कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो।

नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स