काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बिहान बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।
उत्तः लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।