काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । बिहबिार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत २.४ प्रतिशत नगद गरि कुल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।