प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स