हिमालयन बैंकद्वारा पाख्रिवास नगरपालिकामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा मंसिर २४ गते शनिबार वित्तिय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । सो वित्तिय साक्षरता कार्यक्रम बंैकको विरातनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

बंैकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।

सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बंैक, वित्तिय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।

बंैकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर श्री जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर श्री ज्ञान बहादुर गुरुङ प्रमुख अतिथिका रुपमा थिए। यसै गरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख श्री अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स