प्रभु क्यापिटलको फ्री डिम्याट ‘न्यानो स्पेसल अफर’ संचालनमा

काठमाडौं । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि ‘हेली राइडको सफर’ विथ प्रभु क्यापिटलको ‘न्यानो स्पेसल अफर’ भन्ने स्लोगनसहित निःशुल्क डिम्याट स्किम ल्याएको छ।

यो योजना यही पुस १ गतेबाट आउँदो चैत ३० सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन्। यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो। जसमा लट्रीबाट १० जना भाग्यशाली विजेताको छनौट गरिनेछ। जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइँकुण्ड हेली राइड जित्नेछन्।

पुँजीबजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रिय रुपमा पुँजीबजारमा लाग्न पे्ररित गर्ने उद्देश्यले ल्याइएको यो योजनामा देश-विदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ। जसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाइन डिम्याट खाताको सुविधा पाउनेछन्।

‘न्यानो स्पेसल अफर’ डिम्याट खाताका विशेषताहरुः

१. निःशुल्क डिम्याट खातासँगै मेरो सेयर खाता।
२. स्किम अवधिभरको हितग्राहीमध्ये ‘१० जना भाग्यशाली हितग्राही विजेतालाई आजीवन फ्री डिम्याट।
३. १ जनालाई ‘गोसाइँकुण्ड हेली राइड अफर’।
४. अनलाइनमार्फत खाता खोल्न सकिने।
५. भिडियो केवाईसीद्वारा केवाईसी भेरिफिकेसन हुने।
६. पीएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट।

प्रभु क्यापिटल नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो। जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स