नेपाल एसबिआई बैंकको बुढानिलकण्ठमा नयाँ शाखा संचालनमा

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष श्रीमती जयती बन्सलले गरेकी हुन् ।

उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय प्रबर्धन सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स