काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त भएकी छिन् ।
बैंकको मंसिर २६ गते बसेको संचालक समितको बैठकले बन्सललाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
बैंकको संस्थापक सेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई.) बैंकको संचालक समितिको अध्यक्षको रुपमा प्रतिनिधित्व गर्दै आएका राजिव अरोराको स्थानमा बन्सललाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।