नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक सेयरधनीको रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्टको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकले आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्य खोली सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी र शिलबन्दी निवेदन दिन अनुरोध गरेको छ ।

संस्थापक सेयरधनीहरुबाट तोकिएको मितिभित्र सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स