नयाँ सारथी र विजय लघुवित्तबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।

यी दुवै संस्थाबीच सोमबार (मंसिर २६ गते) मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै लघुवित्तले मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह गरेको छ ।

नयाँ सारथी लघुवित्तको दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको छ । त्यस्तै, विजय लघुवित्तको गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स